सोल्टी होटलको क्यासिनो सञ्चाल पक्राउ

7.9K
shares

काठमाडौं । काठमाडौं स्थित होटल सोल्टीमा सञ्चालित माजोङ क्यासिनोका सञ्चालकलाई प्रहरीले पक्रेको छ । अवैध रुपमा नेपाली नागरिकलाई क्यासिनोमा छिराएर क्यासिनो खेलाएको आरोपमा प्रहरीले क्यासिनोका प्रमुख विनोद श्रेष्ठलाई पक्राउ गरेको हो। उनी सहित प्रहरीले क्यासिनोका म्यानेजर ओम कर्माचार्यलाई पनि पक्राउ गरेको छ। प्रहरीले मंगलवार साँझ क्यासिनोमा छापा मारेको थियो। क्यासिनो बाट ८ जना जुवाडे लाई समेत पक्राउ परेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083