चुनाव चिन्ह सुर्यमा सहमती नभएको प्रचण्डको खुलासा
वि.सं.२०७५ वैशाख ५ बुधवार ०७:१३
shares

पार्टी एकता सम्वन्धी दस्तावेज छलफल
श्याम बहादुर मिजार /चितवन । चुनाव चिन्ह सुर्यमा सहमती नभएको खुलासा गदै प्रचण्डले भोली बिहीबार दुई अध्यक्षका बीचमा छलफल भए पछि पार्टी एकता घोषणाको मिति तय हुने बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले प्रधानमन्त्री र आफू बुधबार कार्यक्रममा व्यस्त रहेकाले भोली मात्र छलफल गरी मिति तय गर्ने बताएका हुन् ।चुनाव चिन्ह सुर्यमा सहमती नभएको भन्दै बाहिरी हल्लामा विश्वास नगर्न आग्रश गरेका थिए । प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागि नसकेको र छलफल जारी रहेको बताए समेत बताए ।
अब पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने प्रचण्डको भनाई थियो । दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि मंगलबारबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उनले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको जानकारी दिए । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, “कतिपय भाषा परिमार्जन गर्नुपर्ने, कतिपय विषयमा कार्यदलले रिपोर्ट बुझाउँदैमा यो विषयमाथि टुंग्याउने भन्दै आफ्नो तहबाट अध्यक्षको तहमा ल्याएका छन् ।
त्यस्ता विषय छलफल गरेर टुंग्याउने भनिएको छ ।” गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको उनले बताए ।















