यातायात व्यवसायीको आन्दोलनका कार्यक्रम घोषणा, गाडीमा कालो झन्डा राख्ने चेतावनी
वि.सं.२०७५ वैशाख ५ बुधवार ०७:३१
shares

यातायात व्यवसायीको आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं । सरकारले यातायातमा भइरहेको सिन्डिकेट विरुद्ध कडा कदमहरू चालेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। बुधबार यातायात व्यवसायीहरूले चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।
वैशाख २ गते बसेको भनिएको संयुक्त आन्दोलन परिचालन समितिले गरेका चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो। जसमा प्रधानमन्त्री देखि मुख्यमन्त्री र मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउने छन्। त्यस्तै सबै दलका शीर्ष नेताहरूलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरिएको छ।
यातायात व्यवसायीहरूले वैशाख ८ गते गाडीमा कालो झन्डा राख्ने र सबै सवारी साधन ग्यारेजमा राख्नेसम्मका रहेका छन्। उनीहरूले सवारीसाधन ग्यारेमा राखेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्। सरकारले देशभरबाट सिन्डिकेट अन्त्य गर्न एकपछि अर्को कदम चालेपछि यातायात व्यवसायी सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रिएका हुन्।




















