सिरहा पुगेर ओली बने ५ वर्ष बालबालिकाका अविभावक
वि.सं.२०७५ वैशाख ५ बुधवार ०७:४२
7.85K
shares
shares

सिरहाका दुई बालबालिकाको अविभावकत्व ग्रहण गर्दे
सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई बालबालिकाको अविभावकत्व ग्रहण गरेका छन् । विद्यालय भर्ना गराएर उनले अविभावकत्व ग्रहण गरेका हुन् ।
सिराहाको रामदुलारी मावि कल्याणपुर नपा–११ का का दिनेश कुमार र कौशिलादेवी मण्डल की ५ बर्षकी छोरी रुपाकुमारी मण्डल र भोगेन्द्र र अमिरा कुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिक लाई प्रधानमन्त्री ओलीले विद्यालय भर्ना गराएका हुन् । भर्ना गरिएका बालबालिकालाई प्रधानमन्त्री ओलीले पुस्तक र पोशाक समेत वितरण गरेका थिए ।











