उपत्यकामा २२ वर्षे पवित्रा कार्कीमाथी एसिड प्रहार : अनुहार र हात जल्यो
वि.सं.२०७७ साउन ८ बिहीवार २२:२१
18.73K
shares
shares

उपत्यकाकाे सीतापाइलामा एक युवतीमाथि बिहीबार एसिड प्रहार भएको छ। २२ वर्षीया पवित्रा कार्कीलाई एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
युवतीको अनुहार र हातमा एसिड लागेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
साँझको समयमा दही किन्न निस्किएकी ओखलढुंगाकी उनलाई अज्ञात व्यक्तिले एसिड प्रहार गरी फरार भएका थिए।
कार्कीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।































