दुई बालिकालाई यौनशोषण गरेको आरोपमा युट्युबर शिवाकोटी जेल चलान
वि.सं.२०७७ साउन १३ मंगलवार १३:००
shares

दुई बालिकालाई यौनशोषण गरेको आरोप लागेका युट्युबर मेकिङ नेपाल’ युट्यब च्यानलका सञ्चालक ३८ वर्षीय अर्जुन शिवाकोटी जेल चलान भएका छन्।
जिल्ला अदालत काठमाण्डौले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि शिवाकोटी जेल चलान भएका हुन्। उनलाई डिल्लीबजार कारागार चलान गरिएको बताइएको छ।
काठमाण्डौको बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई पटक–पटक यौन शोषण गर्ने गरेको उजूरी प्रहरीमा परेपछि असार १५ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो।
आबश्यक अनुसंधानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत प्रहरीले उनलाई जिल्ला अदालत काठमाण्डौमा पेश गरेकोमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।
शिवाकोटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको थियो ।
शिवाकोटीले प्रहरी प्रशासनसँग समेत राम्रो चिनजान भएको बताएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखासम्म पुगेका थिए ।
प्रहरीका ओसार, ०७६ असोजदेखि १४ वर्षीया किशोरीलाई उनले डर, त्रास देखाएर बलात्कार गर्दै आएका थिए । पछि, १२ बर्षीयालाई समेत बलात्कार गर्न थाले । बलात्कृत किशोरीका आमा, बुबासँगै अर्जुन चार बर्षदेखि एउटै घरमा बस्थे ।
पीडित किशोरीको आमासँगै व्यवसाय समेत गर्ने हुनाले छोरीहरुले उनलाई अंकल भनेर बोलाउँथे । अर्जुनले त्यही सामिप्यताको फाइदा उठाए ।






























