सुनको मूल्य इतिहासकै उच्च, तोलाको कति ?
वि.सं.२०७७ साउन १३ मंगलवार १३:२६
6.46K
shares
shares

काठमाडौं । सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।






























