१० किलो गाँजासहित तीन मान्छे कर्याप्पै !
वि.सं.२०७८ पुस ८ बिहीवार २१:४६
6.7K
shares
shares

रौतहटस्थित ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले गाँजासहित तीन जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–११ शक्तिखोर निवासी ३० वर्षीय अस्मिता प्रजा, २६ वर्षीय रेश्मा प्रजा र ३४ वर्षीय मनमती चेपाङ रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए ।
पक्राउ परेका तीनै जनामाथि लागुऔषध ओसारपसार तथा विक्री वितरण सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















