विगतको समिक्षा, वर्तमानको मुल्यांकन र भविष्यको मार्गचित्र कोरौं: अध्यक्ष दाहाल

Nepal Life Insurance Long Ad

जन सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका वडा नं ३२ नरेफाँटस्थित कोटेश्वर पार्टी प्यालेसमा संस्थाको साधारणसभा सम्पन्न भएको संस्थाका अध्यक्ष ऋषिराज दाहालले जानकारी दिए ।

कार्यक्रम जिल्ला सहकारी संघका उपाध्यक्ष तथा सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमराज सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । सुवेदी नेपाल स्वास्थ्य सहकारी संघका केन्द्रिय महासचिव तथा सहकारी अभियन्ता समेत हुन् । कार्यक्रममा बोल्दै उनले संस्थाको उत्तरोतर प्रगतिको कामना गरे ।

साधारणसभामा संस्थाका अध्यक्ष ऋषिराज दाहालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए जुन शेयर सदस्यहरुले एकमतले पारित गरेको छ । दाहालले प्रतिष्पर्धात्मक पुँजी बजारमा हरेक कोणबाट प्रतिष्पर्धा गर्न जन सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड सक्षम भएको बताएका थिए । उनले संस्थाले अब विगतको समिक्षा, वर्तमानको मुल्यांकन र भविष्यको मार्गचित्र कोरेर सहकारी अघि बढ्नु पर्ने समेत बताए । कार्यक्रममा विभिन्न सहकारी अभियन्ता, संस्थाका शेयर सदस्य, पत्रकार, नागरिक समाज लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

११ पुस २०७८, आइतवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु