बालिका बलात्कार गरेको भन्दै सन्दीप लामिछाने विरुद्ध प्रहरीमा उजुरी

Nepal Life Insurance Long Ad

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।

१८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले पुष्टि गर्‍यो ।

पीडित भनिएकी बालिकाको मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ ।

यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् ।

समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो ।

लामिछाने भने अहिले नेपाल बाहिर छन् ।

२२ भदौ २०७९, बुधवार १०:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु