सिंगापुर पठाइ दिन्छु भनी ९५ लाख ठगी, एक जना पक्राउ
वि.सं.२०८० वैशाख २८ बिहीवार १८:४४
3.3K
shares
shares

काठमाडौं । सिंगापुर पठाइदिन्छु भनी ९५ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइ दिने भन्दै प्रतिव्यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्क विहीन भएको प्रहरीको आरोप छ ।































