कञ्चनपुरमा २ जना मेडिकल सञ्चालक पक्राउ

4.76K
shares

धनगढी । कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधी बिक्री वितरण तथा उपचार गर्ने गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१३ को बडैपुरमा मेडिकल पसलका सञ्चालक ३५ बर्षीय शान्तिरजन बैरागीर र वडानम्बर ९ मा रहेको ब्रहमदेवमा मेडिकल पसलका सञ्चालक ३९ बर्षीया गोकुल मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

उनका अनुसार उनीहरुले अनुमति नलिएर मेडिकल पसल सञ्चालन गरेर औषधी बिक्री वितरण र बिरामीको उपचार समेत गर्ने गरेको गुनासोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083