झम्सिखेलमा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ

4.68K
shares

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

एसपी रवीन्द्र रेग्मीका अनुसार उदयपुरका ५० वर्षीय अविनाश राई पक्राउ परेका छन् । पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने प्रयास गरेपछि राईलाई गोली हानेर नियन्त्रणमा लिइएको हाे ।

गोली लागेर घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083