अस्थायी प्रहरी पोष्ट रामापुर कलौनीको समुद्घाटन कार्यक्रम सम्पन्न

5.27K
shares

रुपन्देही ।  रुपन्देही सैनामैना नगरपालिका वडा नं.६ कलौनी अवस्थितमा अस्थायी प्रहरी पोष्ट रामापुर कलौनीको समुद्घाटन भएकाे छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले स्थानमा अस्थायी प्रहरी पोष्ट स्थापना भए संगै नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम र नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण, शान्ती सुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा गर्नेमा समेत यस चौकीले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख  फणेन्द्र प्रसाद शर्माले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोगका लागि नगरपालिका समेत सदैव तत्पर रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुँवरले अस्थायी प्रहरी पोष्टमा प्रहरीलाई गर्नुपर्ने आवश्यक सहयोग एवम् सहजिकरणका लागी सदैव तत्पर रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त  कार्यक्रममा भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीको नियमति बजेट ५लाख ५० हजार र प्रदेश सरकारको ५ लाख बजेट र स्थानिय जनसमुदायको सहयोगबाट उक्त भवन निर्माण सम्पन्न भएको जानकारी दिए ।

वर्तमान परिवेशमा आधुनिकीकरण ,रुपन्देही जिल्लाको बढदो शहरीकरण ,अपराधको नयाँ शैली र आयामहरु सगै सैनामैनाको यो क्षेत्र तिव्र शहरोन्मुख क्षेत्र रहेको र यसलाई शान्तीसुरक्षा प्रदान गरी जनताको जिउ धनको सुरक्षा अमन चयन कायम गर्न यस चौकीको महत्वपुर्ण भूमिका रहने विश्वास ब्यक्त गर्नुभयो ।

साथै उक्त कार्यक्रममा सैनामैना नगरपालिकाका उपाध्यक्ष बिना राना, प्रमुख प्रशासकिय अधिकृत जनक थापा, नेपाली सेना गरुणदल गण रामनगर ब्यारेक बुटवलका प्रमुख सेनानी दिपेन्द्र न्यौपाने, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी वल गण, २७ नं. हे.क्वा.रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपक कुमार थापा, ईलाका प्रहरी कार्यालय वुटवल रुपन्देहीका प्रहरी नायव उपरीक्षक दान बहादुर थापा लगायत स्थानीय जनप्रतिनिधिहरु, पत्रकारहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, प्रहरी कर्मचारीहरु, स्थानिय मानिसहरु समेत गरी अं. २०० जनाको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083