मोरङ प्रहरीद्वारा २१८ किलो गाँजासहित एक जना पक्राउ
वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:२०
4.56K
shares
shares

मोरङ । मोरङ प्रहरीले २१८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-३ का २४ वर्षीय भगवान किस्कु रहेका छन् ।
उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिहीबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट १० बोरा गाँजा (२१८ किलो १७५ ग्राम) बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर किशोर लोप्चनले बताए ।
उनका अनुसार पक्राउ परेका उनीमाथि मोरङ जिल्ला अदालतबाट लागुऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भइरहेको छ ।
उक्त गाँजा मकैबारीमा गहुँको भुषामा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।






























