‘कलाकारिता मान्छेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने सशक्त माध्यम हो’ : सुनिता वाइबा

Nepal Life Insurance Long Ad

काठमाडौं । धादिङ जिल्ला नेत्रावाती डब्जोङ, गैरामा जन्मेकी सुनिता वाइबा तामाङ पढाईको सिलसिलामा काठमाडौँ प्रवेश गरेकी हुन् । लामो समय देखि नृत्यांगना एवंम मोडल समेत रहेकी सुनिताले स्कृप्ट लेखनसंगै भिडियो निर्देशन पनि गरेकी छिन् । उनको आफ्नै कम्पनी सेम्जोङ फिलिम्स् प्रा.लि. पनि रहेको छ । भविष्यमा सफल कलाकारको रुपमा चिनिन चाहने उनीले काठमाण्डौलाई कर्म थलो बनाइन । उनको जन्मदिनको अवसरमा हामीले छोटो प्रश्न उत्तर गरेका छौं :

जीवन के हो ?
जीवन एउटा सुन्दर फुल हो ।

प्रेम के हो ?
प्रेम एउटा सुन्दर माला जस्तै हो ।

अहिलेसम्म कति वटा भिडियोमा अभिनय गर्नुभयो ?
विशेष गरि तामाङ म्हेन्दोमाया, दोहोरी लगायत दर्जनभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेको छु ।

कलाकारितालाइ कसरी बुझ्नुहुन्छ ?
कलाकारिता मान्छेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने सशक्त माध्यम हो । कलाकारिता भगवानले दिनुभएको एउटा सुन्दर उपहार जस्तो लाग्छ ।

तपाईंलाई मनपर्ने तीन नेपाली कलाकार ?
नेपालमा राम्रो अभिनय गर्ने धेरै कलाकारहरु हुनुहुन्छ, विशेषगरि रेखा थापा, अर्यन सिग्देल र मिरुना मगर मन पर्छ ।

तपाईंलाई मनपराउने मान्छे कस्तो होस भन्ने लाग्छ ?
मलाई बुझ्ने अनि मेरो परिवारको इज्जत गर्ने र हरेक कदममा साथ दिने होस् ।

तपाईंको जीवनमा एकदमै सम्झने कुनै पल ?
एकपटक शुटिङ जाँदा जुका लागेर रगत आएको रैछ, म चाहि मेरो टाउको फुटेउ भनेर रोएको एक दम हासो उठ्छ सम्झिदा ।

अन्त्यमा ..?
यसरी नै सधैंभरी दर्शकहरुको माया पाइरहोस् । अगामी दिनहरुमा कलाकारिता छेत्रमा अझै राम्रो काम गरेर देखाउने छु ।

२७ वैशाख २०८१, बिहीवार १८:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु