सुनसरी प्रहरीद्धारा एक क्विन्टल गाँजा नियन्त्रणमा

2.96K
shares

सुनसरी । सुनसरी प्रहरीले हवाई फायर गरी भारतीय नम्बर प्लेटको कारबाट एक क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो धरानबाट प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी ७४एस २५३१ नम्बरको कारमा लोड गरिएको गाँजा नियन्त्रणमा लिन चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

धरान १५ स्थित श्यामचोकबाट पानबारी जाने सेउती पुलमा गस्तीमा रहेको प्रहरीलाई छलेर भाग्न खोज्दा हवाई फायर गरी गाँजा लोड गरिएको कार नियन्त्रणमा लिनु परेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार कारलाई रोक्ने प्रयास गर्दा तीव्र गतिमा अघि बढेको र पछ्याउँदै जाँदा करिब ३५ मिटरपर कार छाडी चालक जंगलतर्फ भागेको भण्डारीले जानकारी दिए ।

उक्त कार जाँच गर्दा प्लास्टिकको ५ वटा बोरामा एक सय केजी अवैध लागूऔषध गाँजा बरामद गरिएको भण्डारीले जनाए । कार चालक फरार रहेकाले खोजी कार्य भैरहेको र घटनाको थप अनुसन्धान सुरु गरेको भण्डारीले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083