“अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” एसपी तथा डिएसपी तालिम १५ औं समूहको तालिम सम्पन्न
वि.सं.२०८१ साउन ३१ बिहीवार १४:५२
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा “अप्रेशनल कमाण्ड तथा व्यवस्थापन” (OCM Level-III) (प्रहरी उपरीक्षक /प्रहरी नायब उपरीक्षक) १५ औं समूहको तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित (OCM Level-III) तालिम” १५ औं समूहको तालिम बुधबार सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण गरी निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी बरीष्ठ उपरिक्षक नान्तीराज गुरूङले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रममा यस प्रतिष्ठानका सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू र प्रशिक्षक वर्गहरूको समेत उपस्थिती रहेको थियो ।































