उपत्यकामै सार्वजनिक बसमा लुटपाट : दुई जना पक्राउ
वि.सं.२०८१ साउन ३१ बिहीवार २१:३७
shares

काठमाडौ । उपत्यकामै सार्वजनिक बसमा लुटपाट भएको छ । बिहिवार बा५ख ८९४ नम्बरको रिगंरोडमा चल्ने उक्त बस ललितपुर बालकुमारीतर्फ जाने क्रममा एकजना यात्रु बसमै लुटिएका हुन् ।
प्रहरीका अनुसार लुटिनेमा बसमा सवार यात्री महोत्तरी जिल्लाका नागेश्वर महतो हुन् ।
कोटेश्वर आकाशेपुल स्थित सडकखण्डमा सार्बजानिक बसभित्र चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगी हेर्दा उक्त बसमा सवार यात्री महोत्तरी जिल्लाका नागेश्वर महतोलाई कुटपिट गर्दै लुटपाट गर्ने ४–५ जनाको समुहले घेरी बाहिर निस्कन नदिई कुटपिट समेत गरी निजको साथमारहेको रु. ३०,००० पकेट मारेको अवस्थामा दुई जनालाई तत्काल पक्राउ गरी प्रहरी वृत्त नयाँबानेश्वरमा पठाईएको साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरिक्षक दल कुमार राईले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमाजिल्ला रामेछाप खाडादेवी गा.पा. वडा नं ०३ वतन भई हाल का.जि. पेप्सिकोला बस्ने वर्ष ३० को बमबहादुर तामाङ, नुवाकोट थाङसिन ०९ का विक्रम लामा रहेका छन् ।
उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा म्याद थप गरी अअनुसन्धान थालिएको समेत प्रहरी प्रभाग कोटेश्वरका कार्यालय प्रमुख राईले बताउनु भयाे।































