प्रहरी निरीक्षक प्रशिक्षार्थीहरूको अवलोकन भ्रमण सम्पन्न
वि.सं.२०८३ साउन १८ सोमवार २२:२६
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औँ समूहका प्रशिक्षार्थीहरूको व्यावहारिक अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थ तथा राष्ट्रिय अनुसन्धान विभाग, सिंहदरबारको अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।

भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले सम्बन्धित निकायहरूको संगठनात्मक संरचना, कार्यप्रणाली, जिम्मेवारी तथा सेवा प्रवाहका विविध पक्षबारे प्रत्यक्ष अवलोकन र अन्तरक्रिया गरेका थिए। यसबाट उनीहरूले सैद्धान्तिक ज्ञानलाई व्यावहारिक अनुभवसँग जोड्ने अवसर प्राप्त गर्नुका साथै आफ्नो पेशागत दक्षता, क्षमता तथा नेतृत्व विकासमा महत्वपूर्ण अनुभव हासिल गरेका छन्।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले उक्त भ्रमणलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सशस्त्र प्रहरी बल नेपालको राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थ तथा राष्ट्रिय अनुसन्धान विभाग, सिंहदरबारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।























