डिआईजी शेखर खनालद्वारा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन गर्दै नागरिकमैत्री सेवा दिन निर्देशन
वि.सं.२०८३ साउन २१ बिहीवार २०:३४
shares

सुनसरी । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी (सुनसरी) को निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ।
निरीक्षणका क्रममा उहाँले कार्यालय तथा विभिन्न शाखाहरूको स्थलगत अवलोकन गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्दै नागरिकमैत्री, अनुशासित र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।
डिआईजी खनालले सडक अनुशासन कायम राख्न ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्दै सडक दुर्घटना न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखी ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो। साथै, भीडभाड तथा दुर्घटनाको जोखिम बढी रहेका स्थानहरूको पहिचान गरी विशेष ट्राफिक योजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो।
उहाँले समुदायस्तरमा ट्राफिक सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउन, सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्न तथा कानुन कार्यान्वयनमा निष्पक्षता र पारदर्शिता कायम राख्दै कोशी प्रदेशको ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो।






















