शेयर बजार थामियो

5.01K
shares

काठमाडौँ। धितोपत्र बजारमा मंगलबार शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार घट्दै आएको बजार आज थामिएको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ६१ विन्दुले बढेर एक हजार १६१ दशमलव ४३ विन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ विन्दुले बढेर २४६ दशमलव ९६ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १५४ कम्पनीको सात लाख ८८ हजार १६९ कित्ता शेयर रु २३ करोड १६ लाख ८२ हजार ९६१ मा खरीद बिक्री भएको हो।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर घटेको र बाँकी पाँच उपसमूहको बढेको छ। बैङ्किङ दुई दशमलव २२, होटल १० दशमलव ०८, विकास बैङ्क तीन दशमलव ८६, जलविद्युत् चार दशमलव ८१ र अन्य दुई दशमलव २७ विन्दुले बढेको छ। यस्तै वित्त शून्य दशमलव ८६, निर्जीवन बीमा २७ दशमलव ९३, उत्पादन एक दशमलव सात, लघुवित्त एक दशमलव ४८ र जीवन बीमा छ दशमलव शून्य एक विन्दुले घटेको छ।

सामान्य सुधार भएको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलर्पस लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था, अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्सका शेयरधनीले कमाएका छन्।


Mitsubishi Long Ad