उपभोक्ता मारमा पार्ने काम नगर्न चिनी उद्योगीलाई चेतावनी

4.97K
shares

काठमाडौं। अर्थमन्त्री डा.युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराएका छन्। राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरुले गरिरहेको अर्थमन्त्री खतिवडाको आरोप छ।

बुधबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छरु भनि चिनी उद्योगीहरुलाई प्रश्न पनि गरे। चिनी उद्योगीहरुले उखु कृषकहरुको वक्यौता रकम अझै नदिएकोमा अर्थमन्त्री खतिवडाले आपत्ति जनाए।

अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको उल्लेख गरे। उनले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083