ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति पुग्यो ?

5.15K
shares

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १४ रुपैयाँ पुगेको छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ६० पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ७३ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ ९५ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ ३१ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083