थामियो नेप्से, आज पुनः ओरालो

Nepal Life Insurance Long Ad

काठमाडौँ।  सोमबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले घटेर २५४.२१ मा पुगेको छ । नेप्से आरोलो लागेपनि कारोबार रकम भने वृद्धि भएको छ । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ०.८४, व्यापार १.५८, वित्त ०.०१ अन्य ०.३८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

यस्तै होटल ३५.०१ विकास बैंक ९ निर्जीवन बीमा ५९.५५ उत्पादन १०.१९ जीवन बीमा ४०.३४ विन्दुले घटेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३३ लाख १२ हजार १३२ मूल्यमा खरीद बिक्री भए । यस्तै, नागरिक लगानी कोष रु आठ करोड ८२ लाख ७४ हजार ४५१, नेपाल बैंक लिमिटेड रु सात करोड ६२ लाख ३८ हजार ३७७ बुटवल पावर कम्पनी रु दुई करोड ८४ लाख ७० हजार १३६. हिमालयन डिस्टिलरी रु दुई करोड ५२ लाख ९५ हजार ४६७ र साल्ट टेडिङ कर्पोरेशनको रु एक करोड ८७ लाख २८ हजार ५८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार कारोबारका आधारमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । कञ्चन डेभलपमेन्ट बैंक ९.५७, पाँचथर पावर ९.४३, छ्याङ्दी हाइड्रोपावर ९.४१ जोशी हाइड्रोपावर ८.३३ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७२ विन्दुले कमाए । त्यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०१, रिडी हाइड्रोपावर ५.४० गुराँस लघुवित्त वित्तीय संस्था ४.९०, सप्तकोशी डेभलपमेन्ट बैंक ४.६५, सिर्जना फाइनान्स ४.१६ र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.१३ गुमाए ।


७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

२०८१ माघ १५ मंगलवार

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

२०८१ साउन १४ सोमवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका...

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

२०८१ साउन ६ आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै...

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

२०८१ साउन ४ शुक्रवार

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक,...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

२०८१ असार २८ शुक्रवार

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब...

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

२०८१ असार २४ सोमवार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति,...