शिक्षाका तीन विधेयक ल्याइने

Nepal Life Insurance Long Ad

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्को चालू हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक ल्याइने बताएको छ ।

शिक्षा पत्रकार समूहले आज आयोजना गरेको कार्यक्रममा जारी भइसकेका नयाँ शिक्षा नीतिका आधारमा विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र उच्च शिक्षाका लागि तीन विधेयकको तयारी भएको जानकारी उनले दिए ।

उनले बाहिर टिप्पणी गरिएजस्तो सङ्घीय सरकार र स्थानीय तहबीच शिक्षाको प्रबन्ध र गुणस्तरीय शिक्षाका सन्दर्भमा कुनै टकराव नरहेको जनाउँदै भने, “हामी पहिला एकीकृत सङ्घीय शिक्षा ऐनको तयारीमा थियौँ, त्यसका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति भइसहेको थियो तर अहिले तीन अलग अलग विधेयकको आवश्यकता महसुस भएकाले त्यसको मस्यौदा निर्माणमा हामी लागेका छौँ ।”

मन्त्री पोखरेलले देशव्यापीरुपमा शिक्षक दरबन्दी पुनःवितरणको श्वेतपत्र जारी गरिएकाले सोबमोजिम शिक्षकहरु व्यवस्थित हुनुपर्नेमा जोेड दिँदै अपुग शिक्षकको पूर्तिका लागि विज्ञापन गरिने बताए ।

स्थानीय तहलाई विद्यालय शिक्षाका अधिकांश अधिकार हस्तान्तरण गरिसकिएको र ती तहले कतिपय असल अभ्याससमेत गरेको मन्त्री पोखरेलले बताए । कार्यक्रममा समूहले विभिन्न १३ स्थानीय तहमा शिक्षाबारे भइरहेका नीतिगत र अन्य पहलका बारेमा गरेको अध्ययन प्रस्तुत गरिएको छ ।


स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ वैशाख ३१ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाइ...

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा “प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न”

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा “प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न”

२०८१ पुस २४ बुधवार

सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गाेबिन्द राज काफ्लेकाे...

शैक्षिक सुधारका लागि अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा क्याम्पस समक्ष २८ बुँदे मागपत्र

शैक्षिक सुधारका लागि अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा क्याम्पस समक्ष २८ बुँदे मागपत्र

२०८१ मंसिर ९ आइतवार

काठमाडौ ।  अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले क्याम्पसलाई मागपत्र...

“Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar कार्यक्रम सम्पन्न

“Police Leadership and Staff Course” सम्बन्धी Faculty/Subject Expert Discussion Seminar कार्यक्रम सम्पन्न

२०८१ मंसिर ७ शुक्रवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको आयोजनामा “Police Leadership...

अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा सरसफाई कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा सरसफाई कार्यक्रम सम्पन्न

२०८१ कात्तिक ३० शुक्रवार

काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले सरसफाई कार्यक्रम...

विद्यालय स्तरका बाल-बालिकालाई सामाजिक विकृतीबाट बचाउन निरन्तर सचेतना अभिवृद्धी कार्यक्रम गर्दै काठमाडौ प्रहरी परिसर !

विद्यालय स्तरका बाल-बालिकालाई सामाजिक विकृतीबाट बचाउन निरन्तर सचेतना अभिवृद्धी कार्यक्रम गर्दै काठमाडौ प्रहरी परिसर !

२०८१ साउन १८ शुक्रवार

काठमाडौ । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा, प्रहरी...