सर्वसाधारणले प्याज खान छाडे

Nepal Life Insurance Long Ad

बाँके। अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै दशैँको समयपछि नेपाली बजारमा प्याजको मूल्य दिनप्रतिदिन बढ्दै गएको हो । भारतबाट सहजै निर्यात हुने प्याजको निर्यातमा अहिले प्रतिबन्ध छ ।

नेपाली बजारमा खपत हुने प्याज अधिकांश भारतबाट आउने गरेको छ । नेपालमा प्याजको अभाव र भारतबाट आउने प्याजमा प्रतिबन्ध लागेपछि अहिले नेपाली बजारमा प्याजको मूल्य सधैँको भन्दा बढी छ । हाल नेपालगञ्जको रानीतलाउ तरकारी बजारमा प्याजको भाउ खुद्रा प्रतिकिलो रु २०० मा कारोवार भइरहेको छ ।

तीन महिनाअघि प्रतिकिलोको रु ४० देखि रु ५० मा कारोवार भएको प्याज तीन महिनाको अवधिमा किलोमा रु १५० पुगेको छ । तरकारी बजारभन्दा बाहिरका खुद्रा पसलमा रु २५० सम्म प्रतिकिलोको कारोवार भइरहेको उपभोक्ताले बताए ।

नेपालगञ्ज-१० का शुद्धप्रसाद चौधरीले प्याजको मूल्य अप्रत्यासित रुपले बढेपछि अहिले प्याज नै खान छाडेको बताए । केही दिनअघि आधा किलो प्याजको रु १७० तिरेको बताउँदै प्याजको मूल्य बढेको देखेर अचम्मित भएको चौधरीले बताए । पछिल्लो समय अरू तरकारीको मूल्यमा धेरै घटबढ भएको छैन ।

तर, प्याजमा भने एक महिनाको अवधिमा प्रतिकेजी रु २०० सम्म मूल्य पुगेको छ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको सोझो असर नेपाली बजारमा परेको नेपालगञ्जको रानीतलाउ तरकारी बजारका व्यापारी अरिसली राईले बताए । उनले भन्, “अहिले मात्रै होइन २÷३ महिनाअघिदेखि नै प्याजको मूल्य बढ्दै आएको हो ।”

प्याजको मूल्य वृद्धि भएसँगै अहिले पहिलेको तुलनामा प्याजको व्यापार घटेको व्यापारीले बताए । भारतबाट आउने प्याजमा प्रतिबन्ध लगाइएको भए पनि चोरी बाटो भएर प्याज भित्रने गरेको व्यापारीको भनाइ छ । मूल्य आकाशिएपछि उपभोक्ताहरुले प्याज खान छाडेसँगै तरकारीमा अत्यधिक खपत हुने प्याजको खपतमा ह्रास आएको छ ।

नेपाली बजारमा अहिलेको प्याजको मूल्य चार वर्षयताको सबैभन्दा महङ्गो मूल्य हो । नेपालगञ्ज–११ का मकसुद राई प्याजको मूल्य मासुभन्दा महङ्गो भएको बताए । “मासु प्रतिकेजी रु ८०० छ, तर प्याज एक नम्बर पाँच किलोको रु ९०० पुग्यो, अब त खानै छाड्नुपर्ला जस्तो छ”, उनले भने ।

एक महिनाअघि प्रति पाँच केजी रु ४५० मा खरीद गरेको बताउँदै एक महिनामा दोब्बरले वृद्धि भएको राईको भनाइ छ । नेपालगञ्ज-१० की गृहिणी सुलोचना अधिकारीले प्याजको मूल्य किलोको रु २०० पुगेको कहिल्यै थाहा नपाएको बताउँदै यसरी मूल्य बढ्नुले उपभोक्ता मारमा परेको बताए ।

प्याजको मूल्यमा वृद्धिसँगै अहिले केही पसलमा प्याज नै पाउन छाडेको छ । भान्सामा दाल, तरकारी, अचार, मासलगायत सबै चिजमा मसलाको रुपमा प्रयोग हुने प्याजको मूल्य बढेपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् । यस क्षेत्रको ठूलो हिस्सा माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाइएपछि प्याजको अभाव देखिएको हो ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...