बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी

Nepal Life Insurance Long Ad

 सर्लाही ।

सर्लाहीको हरिवनमा रहेको इन्दु शङ्कर चिनी उद्योग लिमिटेडले किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन थालेको छ । उद्योगले चालू क्रसिङ ‘सिजन’को उखुको भुक्तानी दिन शुरु गरेको हो । गत पुस ११ गतेबाट सञ्चालन भएको उद्योगले हालसम्म रु ३५ करोड भुक्तानी गरिसकेको छ ।

उद्योगले हरेक १५/१५ दिनको फरकमा किसानलाई भुक्तानी दिने गरेको छ । पहिलो चरणमा रु २३ करोड र दोस्रोमा रु ३५ करोड गरी कूल ५८ करोड भुक्तानी दिनुपर्नेमा हालसम्म कूल रु ३५ करोड मात्र भुक्तानी गरेको उखु प्रबन्धक योगनारायण रजकले बताउनुभयो । उहाँका अनुसार नेपालमा रहेका अरु चिनी उद्योगको तुलनामा सबैभन्दा राम्रो भुक्तानी दिने एक मात्र उद्योग इन्दुशङ्कर चिनी उद्योग हो ।

गत सिजनको नेपाल सरकारबाट पाउनुपर्ने अनुदानवातको रकम रु ६५।२८ का दरले हुनआउने रु २२ करोड ८३ लाख ७१ हजार ८६१।६ अहिलेसम्म पनि नपठाएका कारण इन्दुशङ्कर चिनी उद्योग लिमिटेड बदनाम भएको रकजको भनाइ छ । सरकारले दिने अनुदानवापतको रकम नदिएको भन्दै जिल्लाका धेरै किसानले उखुखेती गर्न छाडेको उद्योगले बताएको छ ।

आफूहरुले किसानलाई समयमै चेक दिएको भए पनि बैंकले समयममै भुक्तानी नदिँदा किसान मारमा परेको रजकले बताउनुभयो । एनआइसी एशिया बैंकले किसानलाई रकम निकासा दिन ढिलासुस्ती गर्दा उखु किसान मारमा परेको उहाँको भनाइ छ । आफूहरुले माथिल्लो निकायसम्म छलफल गरिरहेको एनआइसी एशिया बैंक हरिवनका शाखा प्रबन्धक सुमन सिंहले बताउनुभयो । खाता नम्बर यकिन गरी काम गर्न २/३ दिन लाग्ने भएका कारण ढिला भएको उहाँले बताउनुभयो । छुट्टै काउन्टर बनाएर उखु किसानलाई सेवा दिने कामसमेत शुरु गरिएको उहाँले बताउनुभयो ।

कूल ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्यका साथ सञ्चालन शुरु गरेको उद्योगले ब्लक बनाएर उखु क्रसिङ गरिरहेकामा हालसम्म २३ लाख क्विन्टल उखु क्रसिङ गरी सकिएको रजकले बताउनुभयो । अघिल्लो वर्षको बक्यौता नरहेका चिनी उद्योगले चालू सिजनमा किसानबाट खरिद गरेको उखुको भुक्तानी धमाधम दिन शुरु गरेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । उद्योगले उखु किसानलाई भुक्तानी दिन शुरु गरे पनि सरकारबाट पाउने रकममा आलटाल भइरहेको मैनालीले बताउनुभयो ।

सर्लाहीमा तीन चिनी उद्योग रहेको भए पनि हाल दुई मात्र सञ्चालनमा छन् । इन्दु शङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा छन् भने किसानको भुक्तानी बाँकी राखेको अन्नपूर्ण चिनी उद्योग धनकौल अहिले बन्द छ । किसानलाई एकातिर उखुको भुक्तानी नपाउने चिन्ता रहिरहेको समयमा खेतमा रहेको उखु क्रसिङ गर्न कृषि मजदुर नपाउने समस्या त्यत्तिकै छ ।

जसका कारण उखु उत्पादक किसानले समयमै उखु काटेर चिनी उद्योगसम्म पु¥याउन नसक्दा उखु खेतमै सुक्न थालिसकेको छ । वर्षदिनभरि मेहनत गरेर उत्पादन गरेको बाली मुखमा आएर खेतमै सुक्ने अवस्थामा पुग्दा किसान थप मारमा परेका छन् । गाउँघरमा रहेका युवाशक्ति स्वदेशमा रोजगारीको सिर्जना नभएको भन्दै विदेश गएपछि अहिले गाउँमा युवा मजदुरको अभाव छ । खेतबारीमा काम गर्ने कृषि मजदुरको अभावपछि अहिले आफ्नो परिवारमा रहेका सबै सदस्य नै खेतबारीमा खटिन बाध्य छन् । कतिपयका आफ्ना जवान छोरा पनि वैदेशिक रोजगारीका लागि विदेश जाँदा अहिले वृद्धवृद्धा मात्र घरमा रहेका र खेतबारीमा काम गर्न बाध्य भएका छन् ।

गाउँमा कृषि मजदुरको अभाव भएपछि काम लगाउने ठेकेदारले आफ्नो मनोमानीमा ठेक्का लिने गरेका कारण आफूहरु थप मारमा परेको किसानको गुनासो छ । मजदुरको ज्यालामा आफुहरुको खर्च बढिरहेको किसानले बताएका छन् । सामान्य तरकारीदेखि उखुखेतीसम्म कृषि मजदुरको अभाव प्रत्यक्ष परेको किसानले बताएका छन् ।
रासस


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...