सुनको भाउ घट्यो
वि.सं.२०७७ असार १६ मंगलवार ११:३०
14.72K
shares
shares

काठमाण्डौ । आज सुनको भाउ घटेको छ । हिजो र अस्ति तोलाको ९१ हजार तीन सय रुपैयाँ कायम रहेको सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको भाउ तोलाको ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरेको छ ।
हिजो र अस्ति कायम भएको ९१ हजार तीन सय रुपैयाँ अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार सुन तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो । कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर रहेको छ ।महासंघका अनुसार आज चाँदी भने हिजो अस्ति जस्तै तोलाको नौ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।





















