स्याङ्जाका ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७६ पुग्यो
वि.सं.२०७७ असार १६ मंगलवार ११:२३
6.14K
shares
shares

स्याङ्जा । स्याङ्जामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाका एक महिला सहित ७ जना, चापाकोट नगरपालिकाका एक महिलासहित २ जना र पुतलीबजार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए।
यससँगै स्याङ्जामा संक्रमितको संख्या १ सय ७६ पुगेको छ । संक्रमित मध्ये ५४ जना निको भएर घर फर्किएका छन्स्या भने २ जनाको कोरोनाबाट मृत्यु भएको छ।




























