राष्ट्र बैंकले ५० रुपियाँको नयाँ नोट बजारमा ल्यायो
वि.सं.२०७७ असार २२ सोमवार १०:०२
shares

काठमाडौं । सोमबारदेखि बजारमा ५० रुपियाँको नयाँ नोट आउने भएको छ । केन्द्रीय बैंकले रुपैयाँ ५० दरको साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नं. ज र८९०००००१ देखि टर३३ ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित हुनेछ ।
नयाँ नोटको अग्र भागमा नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको र नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर डा.चिरंजीवी नेपालको दस्तखत रहेको र नोटको तल्लो भागको बोर्डरमा वि.सं.२०७५ त्यस्तै नोटको पृष्ठ भागमा नोटको मध्य भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा हिउँ चितुवाको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज फिप्टी लेखिएको ।
नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा २०१९ एडी लेखिएको छ । नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरु भने कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकको तयारी छ।






























