भारतमा एकैदिन २४ हजार बढी कोरोना संक्रमित फेला,६ सय बढीको मृत्यु

8.83K
shares

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा चौथो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतमा शनिबार मात्रै २४ हजार १५ नयाँ संक्रमित फेला परेका छन् भने ६ सय १० जनाको मृत्यु भएको वर्डोमिटर्सले जनाएको छ । भारतमा एकै दिनमा संक्रमित हुनेको संख्या यो हालसम्मकै उच्च हो ।

योसँगै अहिले भारतमा कारोनभाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार ९०४ पुगेको छ । कोरोनबाट मृत्यु हुनेको संख्या भने १९ हजार२७९ पुगेको छ ।

अहिले भातरमा २ लाख ४५ हजार ५६३ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ४ लाख ९ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083