यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ
वि.सं.२०७७ पुस १९ आइतवार ११:२५
5.59K
shares
shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य स्थिर रहँदै प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार रुपैयाँमा रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलामा एक हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।






























