हिन्दुस्तान टाइम्सको दाबी : चीनको एक टोली नेकपा मिलाउन काठमाडौंमा अझै सक्रिय छ

8.61K
shares

काठमाडौ । सत्तारुढ नेकपाको विवाद मिलाउन चीनले काठमाडौंमा ‘गुप्त टोली’ खटाएको दाबी भारतीय मिडियाले गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोली फर्किए पनि तीन सदस्यीय अर्को टोली काठमाडौंमा सक्रिय रहेको दाबी हिन्दुस्तान टाइम्सले गरेको हो ।

शिशिर गुप्ताको बाइलाइनमा छापिएको रिपोर्टमा चीनका राष्ट्रपति सी चिनफिङ नेतृत्वको सीपीसीले नेपाली राजनीतिको कोर्स प्रभावित गर्ने प्रयास जारी राखेको उल्लेख छ ।

रिपोर्टमा दाबी गरिएको छ : नेपालका शीर्ष नेताहरूसम्म पुग्न सीपीसीले काठमाडौंमा तीन सदस्यीय टोली खटाएको छ ।
राष्ट्रपति सीले पठाएको कुओ नेतृत्वको चार सदस्यीय टोली नेकपाको विभाजित पक्षलाई मिलाउन असफल भई गत बुधबार स्वदेश फर्किएको थियो ।

उक्त टोलीले प्रधानमन्त्री केपी ओली र प्रचण्ड–माधव गरी दुई समूहमा विभाजित नेकपालाई एकजुट गराउने प्रयास गरेको थियो । यसका लागि टोलीले प्रधानमन्त्री ओलीलाई संसद भंग गर्ने राष्ट्रपति आदेश फिर्ता गराउन आग्रह गरेको थियो । आदेश फिर्ता नभएको अवस्थामा नेकपाका दुवै समूह मिलेर चुनावमा जानुपर्ने पक्षमा चिनियाँ टोलीले प्रयत्न गरेको थियो ।

‘चिनियाँ टोलीको अर्को डिजाइन थियो– सर्वोच्चले प्रतिनिधिसभा भंग गर्ने निणय नमानेको अवस्थामा कांग्रेसलाई सहभागी गराई कम्युनिस्ट नेतृत्वकै सरकार बनाउने’, हिन्दुस्तान टाइम्सले लेखेको छ ।

कुओको प्रतिनिधिमण्डल चिनियाँ प्रयासको सार्वजनिक अनुहार भए पनि अर्को टोली भित्री रूपमा सक्रिय रहेको दाबी रिपोर्टमा गरिएको छ । ‘भित्री पहल जारी नै छ’, सीपीसीका एक नेतालाई उद्धृत गर्दै भनिएको छ ।

अहिलेका लागि नेकपा विवाद मिलाउने जिम्मा सीपीसीका तीन प्रतिनिधिले पाएका छन्, जो काठमाडौंमा छन् । ‘उनीहरू दोस्रो टोलीका हिस्सा हुन् । कुओ नेतृत्वको टोली काठमाडौं उत्रनुअघि नै चीनबाट सडकमार्ग हुँदै अर्को टोली नेपाल आइ पुगेको थियो’, हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

रिपोर्ट अनुसार जेकुन लाई, डोङ्गमे हुआङ र योङलिन झोन, जो नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीका यस्ता व्यक्ति हुन्, जसले वर्षौंदेखि राजनीतिक नेताहरूको खेती गर्दै आएका छन् । रिपोर्टमा नेपालका एक कूटनीतिज्ञलाई उद्धृत गरिएको छ, ‘यिनीहरूलाई तपाईं रडारको तहमा आउने खालका ब्याकच्यानल भन्न सक्नुहुने छ ।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083