सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
वि.सं.२०७८ साउन ३० शनिवार १२:२९
5.98K
shares
shares

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ शनिवार बिहान बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजार जना आवदेकले गोलाप्रथाद्वारा १० कित्ताका दरले आईपीओ पाएका छन् । २४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताको लागि आवेदन परेको थियो । यो ६ दशमलव ८४ गुणा बढी आवेदन हो ।
कम्पनीले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्कासन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
लगानीकर्ताले आईपीओ बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट, सानिमा लाइफ इन्स्योरेन्सको वेबसाइट तथा मेरो शेयरको वेबसाइटबाट हेर्न सक्नेछन् ।































