भारतीय रअ प्रमुख गोयल भेट्न ओलीले पठाए आचार्य र पाण्डेलाई दिल्ली
वि.सं.२०७८ साउन ३० शनिवार २२:५१
shares

काठमाडौं । “रअ” भनेर चिनिने भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (R&AW) का प्रमुख सामन्तकुमार गोयलसँग भेट्न नेकपा एमालेका नेताले तथा सचिव भीम आचार्य र नेता सुरेन्द्र पाण्डे शनिबार दिल्ली गएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजना अनुसार उनीहरू नयाँदिल्ली गएको एक गोप्य श्रोतले जनाएको छ।
उनीहरूले भारतमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाललाई समेत भेट्ने तथा नेता झलनाथलाई भेट्न गएको सन्देश दिने योजना सहित एमालेका दुई नेता नयाँदिल्ली गएका छन् ।
खनालको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा हालै मात्र मिर्गौला प्रत्यारापेण गरिएको थियो । उनी अझै केही समय स्वेदश नआउने भएकाले भेट्न नेताहरु गएको भन्ने खुलाइएको छ । नेकपा एमालेमा एकताका लागि अन्तिम प्रयास भइरहँदा एमालेका नेताहरु भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनलिसिस विङ (R&AW) का प्रमुख सामन्तकुमार गोयलसँग भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।































