साढे ६९ करोड लागतमा काठमाडौँ महानगरको कार्यालय भवन बन्ने

Nepal Life Insurance Long Ad

काठमाडौँ महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ । सोमबार काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरेका हुन् । करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवनभित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ । भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन, कर्मचारी, आगन्तुक एवम् कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्याइएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपत्कालीन मार्ग तथा सुरक्षित भ–याङ रहने बताइएको छ ।

२५ असोज २०७८, सोमवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु