परनिर्भर दसैँ : खसीदेखि गँगटोसम्म आयात

Nepal Life Insurance Long Ad

नेपालका चाडपर्व र यहाँको कृषि प्रधान अर्थतन्त्रबीच अकाट्य सम्बन्ध छ । कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३७ प्रतिशत योगदान गर्ने कृषि क्षेत्रमा देशका झन्डै ६० प्रतिशत नागरिक आश्रित छन् ।

सबैभन्दा ठुलो पर्व दसैँका बेला नेपालमा मासु खपत अत्यधिक हुन्छ । कृषिलाई मुख्य पेसा बनाएका अधिकांश परिवारले पशुपालन गर्छन् । यसो नेपाल आन्तरिक खपतमा नेपाल आत्मनिर्भर भई विदेशमा समेत मासु निर्यात हुनुपर्ने हो । तर, अवस्था ठिक उल्टो छ । हामी अझैसम्म मासुका लागि जिउँदो पशुदेखि तयारी उत्पादनसम्म आयात गरिरहेका छौँ ।

आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ५२ हजार मेट्रिक टन मासु उत्पादन भएको पशु सेवा विभागको तथ्याङ्कमा उल्लेख छ । सो अवधिमा देशभर ५ लाख ४९ हजार ३३२ मेट्रिक टन मासु खपत भएको र अपुग ३९८ मेट्रिक टन मासु विदेशबाट आयात गरिएको तथ्याङ्क छ । तर, सरकारी तथ्याङ्कमा विश्वसनीयताको सवाल उठ्ने गरेको छ ।

२५ असोज २०७८, सोमवार १२:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु