कोलम्बियासँग बराबरी खेल्दै ब्राजिलले अंक बाँड्यो
वि.सं.२०७८ असोज २५ सोमवार १२:३२
6.1K
shares
shares

काठमाडौं । सन् २०२२ को विश्वकप छनोटको आइतबार भएको खेलमा ब्राजिलले ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । यसपटकको विश्वकप छनोटको क्रममा ब्राजिलले पहिलोपटक बराबरी खेलेको हो । यसपटकको विश्वकप छनोटका कुनै पनि खेल ब्राजिललले हारेको छैन ।
दक्षिण अमेरिकाबाट विश्वकप छनोटमा ब्राजिल शीर्ष स्थानमा छ । उसले १० खेलबाट २८ अंक जोडेको छ । बराबरीपछि कोलम्बिया ११ खेलबाट १५ अंकसहित पाँचौं स्थानमा छ ।































