सुनचाँदीको भाउ स्थिर
वि.सं.२०८० वैशाख ३१ आइतवार १२:२६
4.68K
shares
shares

काठमाडौं। नेपाली बजारमा आइतबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँकायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। सोही मूल्यमा शुक्रबार पनि सुन किनबेच भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो।






















