‘नेपाली जनताले सलोट गर्नु पर्ने आईजीपी’

'आँटिला , साहासिक र निडर प्रहरी महानिरीक्षक कुँवर'

Nepal Life Insurance Long Ad
  • -भुमिराज अधिकारी

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा जोडिएका ब्यक्तीहरुलाई कारबाहीको माग राख्दै दैनिक जसो देश भरी नै आन्दोलन चर्कि रहेको छ । यतिबेला नेपालको सम्पूर्ण सञ्चार क्षेत्रको मुख्य समाचार ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ सँग जोडिएर सुचनाहरु प्रशारण /प्रकाशन/ सम्प्रेषण भइरहेका छन् । सडक देखी सदन, सदन देखी राजनीतिक दलको कार्यालय र सरकारी कार्यालयसम्म भुटानी शरणार्थी प्रकरणको चर्चा प्रख्यात छ।

आम जनचासोको विषय बनेको यो प्रकरणमा ‘हाइ प्रोफाइल’ थुप्रै व्यक्तिहरुको ‘नेक्सस’ भेटिएको अनुसन्धान मार्फत खुलेको प्रहरीको दाबी छ । अनुसन्धान मात्र नभएर संलग्न केही ‘हाइ प्रोफाइल’ व्यक्तिहरुलाई नै प्रहरीले पक्राउ गरेको छ । राजनीतिक नेतृत्व तथा उच्चपदस्थ कर्मचारीको संलग्नतामा ८७५ नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोह एकपछि अर्को गर्दै पक्राउ पर्न थालेका छन् । हालसमम एक दर्जन भन्दा बढी व्यक्तिहरु पक्राउ परेर अनुसन्धानको दायरमा आएका छन् ।

यस प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव अर्थात पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नरेन्द्र केसी सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राईलाई पक्राउ गरेर अनुसन्धान गरि रहेको छ।

यता नेकपा एमाले नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने फरार छन्। उनीलाई पक्राउ गर्न सीआईबी प्रहरी टोली खटिएको छ । त्यस्तै यो प्रकरणमा नेपाली कांग्रेस सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र खाण पत्नी मञ्जुको समेत नाम मुछिएको छ । उनीहरु प्रहरीको निगरानीमै छन् ।

यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वगृहसचिव महेश्वर न्यौपाने लगायत भीआईपीको नाम मुछिएको छ । यद्यपी, उनीहरुको संलग्नता छ/छैन भनेर प्रहरीले प्रमाण जुटाउने तयारी गरिरहेको छ ।

त्यसैले भुटानी शरणार्थी प्रकरणलाई प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने चुनौती छ । पछिल्लो समय राजनीतिक हस्तक्षेपका कारण प्रहरीमा समस्या छ । राजनीतिक शक्तिसामू प्रहरी निरिह बन्दै आएको थियो । तर, भुटानी शरणार्थी प्रकरणमा नेतृत्वको अडानले नेपाल प्रहरीको प्रशंसा भएको छ।

यस अघि विभिन्न घटनाहरुमा जोडिँदै खस्केको प्रहरीको साख यो प्रकरणले उठाउने अपेक्षा गरिएको छ । प्रहरीले चाहेको अवस्थामा बिना राजनीतिक दबाब कसरी अनुसन्धान गर्दो रहेछ भनेर देखाउने बेला आएको छ । प्रहरी नेतृत्वको मूल्यांकन गर्ने समय समेत यही प्रकरणले उब्जाएको छ ।

आँटिला ,साहासिक निडर हालका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त  कुँवर !

यसैबिच वर्तमान प्रहरी महानिरीक्षक कुँवरलाई नेपाली जनताले सलोट गर्नु पर्छ भन्दै बिभिन्न राजनितिक बिश्लेषक, पूर्व प्रहरी प्रमुखहरुले समेत बताउँदै आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक कुँवरको भूमिका महत्वपूर्ण देखिएको छ । आफ्नो प्रहरी युनिटलाई निष्पक्ष तबरबाट ढुक्कसाथ नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्न निर्देशन दिएका कुँवरलाई वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पूर्ण समर्थन रहेको बताइन्छ ।

‘लो प्रोफाइल’ मा रहेर काम गर्न रुचाउने कुँवर आईजीपी भएपछि पहिलो विदेश भ्रमण अमेरिका तय भएको थियो । २५ वैशाखमा कुँवरलाई अमेरिकामा हुने लिडरशिप एक्सचेन्ज कार्यक्रममा भाग लिन जान नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले समेत स्वीकृती दिएको थियो । तर, अन्तिम समयमा आएर सरकारले नै उनको भ्रमण रद्द गरिदियो ।

आईजीपी कुँवरको अमेरिका भ्रमण रद्द गर्नुको कारण थियो – सोही नक्कली भुटानी शरणार्थी प्रकरण ! नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले अनुसन्धान गरिरहेको छ।

सो अनुसन्धान आईजीपी नभएको समयमा प्रभावित हुनसक्ने भन्दै सरकारले कुँवरको भ्रमण रद्द गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जानकार आईजी कुँवरले नै अहिलेको अवस्थामा अमेरिका जान चासो नदेखाएपछि रद्द गरिएको प्रधानमन्त्री कार्यलय सचिवालय स्रोतले बताएको छ ।

आईजीपी कुँवरले प्रहरीले संयमित भएर अनुसन्धान गरि रहेको बताउदै आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जो कोही भए पनि उनीहरूलाई पक्राउ गर्न प्रहरी पछि हट्दैन ।’ प्रमाणले भेटेका जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने उनको भनाइ छ ।

त्यस्तै यस प्रकरणमा उपत्यका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवाली, उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसी र जिल्ला प्रहरी परिसर, काठमाडौं प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि महत्वपूर्ण भूमिका छ ।

एआईजी ज्ञवालीको कमाण्डरको भूमिका उल्लेखनीय छ । त्यस्तै एसएसपीद्वय कार्की र केसीले पनि यस अनुसन्धानमा सफलता पूर्वक भूमिका निर्वाह गरिरहेका छन् । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्तिलाई कारबाहीको दायरामा ल्याएपछि यतिबेला प्रहरी संगठन र यस संगठनको नेतृत्व गरिरहेका आईजीपी कुँवरको चौतर्फी प्रशंसा सुरु भएको छ ।

अहिले आईजी भएपछि राजनीतिक दबाबबिना कुँवरले उक्त प्रकरणमा सफलता हात पार्न खोजेका छन् । प्रहरीको कमाण्ड सम्हालेको छोटो समयमै उनले आफ्नो काम गर्ने शैली देखाएर सबैको मन जित्नेमा आशावादी छन् । यद्यपी, उनलाई आफ्नो ब्याचीहरुले समेत सहयोग गरेका छन् ।

कुँवरले एआईजी भएको तीन दिनमै अर्थात १० चैत २०७९ मा आईजीपी नियुक्त हुने अवसर पाए । ५ चैत २०५१ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रवेश गरेका उनी साहासिक निडर  नेपाल प्रहरीको ३० औं आईजीपी हुन् ।

३१ वैशाख २०८०, आइतवार १४:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु