१० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा

3.72K
shares

काठमाडौँ । चालु आर्थिक बर्षको १० महिनामा चालु खाता १९३ अर्ब २५ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिमा चालु खातामा एक खर्ब ९३ अर्ब २५ करोड रहेको उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४९ करोड ३६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.२ प्रतिशतले कमी आई ५ अर्ब २६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ९८ करोडले धनात्मक रहेको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ४ अर्ब ३६ करोडले धनात्मक रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२०९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा

१ अर्ब ५९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083