सुनचाँदीको भाउमा निरन्तर नयाँ रेकर्ड बन्दै

तोलामा ३ सय रुपैयाँले वृद्धि

2.34K
shares

१३ माघ, काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि सोमबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको भाउ एकैदिन ५ हजार २ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै, चाँदीको भाउ पनि मंगलबार बढेको छ । चाँदी तोलामा १ सय ५ रुपैयाँले बढेर ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार चाँदीको भाउ प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, डलरको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितताका कारण पछिल्लो समय नेपाली बजारमा पनि सुनचाँदीको भाउ निरन्तर उकालो लागिरहेको व्यवसायीहरू बताउँछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083