शेखर गोल्छालाई धरौटीमा रिहा गर्नसर्वोच्चको निर्देशन

338
shares

काठमाडौं । सर्वोच्च अदालतले उद्योगी व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ। सोमबार न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धरौटी तिर्न नसकेको अवस्थामा मात्र थुनामा राख्न सकिने स्पष्ट पारेको छ।

सर्वोच्चले धरौटी वा जमानतमा छाड्न मिल्ने अवस्थामा समेत अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै उक्त प्रक्रिया नै खारेज गरिदिएको छ। अदालतले यसलाई कानुनी दृष्टिले उचित नभएको निष्कर्ष निकालेको हो।

यसअघि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि वैशाख ११ गते गोल्छालाई पक्राउ गरेको थियो।

अदालतको आदेशसँगै गोल्छा अब धरौटी वा जमानतमा रिहा हुने बाटो खुलेको छ।