१ हजार ४ डलरले नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि
वि.सं.२०७५ वैशाख १२ बुधवार १६:२६
shares

केन्द्रिय तथ्यांक विभाग
काठमाडौं। नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ ।आर्थिक वर्ष २०७३ ७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको हो । नेपालीमा वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ ।
यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिडिपिमा गत वर्ष रेमिट्यान्सको योगदान २६ ३२ प्रतिशत रहेकोमा यसपटक घटेर २४ ५२ प्रतिशतमा झरेको हो ।
विभागले चालू आर्थिक वर्षको आर्थिक बृद्धिदर ५.८९ प्रतिशतले बढेर अर्थतन्त्रको आकार ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँ पुग्ने अनुमान समेत गरेको छ । केही दिन अघि नेपालको आर्थिक बृद्धिदर एसियाली विकास बैंकले ४.९ प्रतिशत र विश्व बैंकले ४.६ प्रतिशत मात्र हुने अनुमान गरेको थियो ।

























