ट्रम्प प्रशासनको मारमा नेपाली, नौं हजार नेपाली अमेरिका निकाला हुदै

काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ ।अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् टीपीएस खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणले जनाएको हो ।

नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन वर्षअघि अमेरिकी सरकारले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो । वासिङट्न पोष्टले विभागले तयार पारेको आन्तरिक योजनाको दस्तावेज फेला पारेको छ जसमा नेपालीहरुलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरी स्वदेश फर्कनका लागि एक वर्षको समय दिने उल्लेख छ ।

महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि अमेरिकाले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । सो स्किमअन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भए पनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको विभागको तथ्यांक छ ।

अवैधानिकरुपमा अमेरिका बसोबास गरिरहेका विदेशीलाई स्वदेश फर्काउने ट्रम्प प्रशासनको अभियानको पछिल्लो मारमा नेपालीहरु परेका छन् । ट्रम्प प्रशासनका हार्डलाइनरहरुले पहिलेदेखि नै टीपीएस सुविधा खारेजीमा जोड गरिरहेका थिए । टीपीएस सुविधा लामो समयका लागि दिन नसकिने र यसको प्रयोजन त्यस्तो नभएको उनीहरुको भनाइ छ ।

ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो । यस्तै सानो संख्यामा निकारागुवा र सुडानका नागरिकको बसोबास सुविधा पनि खारेज गरिएको थियो ।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...