मुम्बईलाई झड्का, ३१ रन अन्तरले सनराइजर्स हैदरावाद विजयी

7.35K
shares

इण्डियन प्रिमियर लिग आइपीएलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। मंगलबार राति मुम्बईको घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले मुम्बई इण्डियनलाई ३१ रनले पराजित भयो ।

टस हारेर पहिले व्याटिङ गरेको सनराइजर्सले १८ ओभर चार बलमा जम्मा एक सय १८ रनमात्र बनाउन सक्यो। उसका लागि युसुफ पठान र केन विलियम्सनको समान २९ रन बनाएका थिए। त्यस्तै मनिष पाण्डेले १६ र मोहम्मद नाबीको नाममा १४ रन रह्योे।

बलिङ तर्फ मुम्बईका मिचेल म्याकलम, हार्दिक पाण्डेय र मयंक मार्कण्ड्यले समान २÷२ विकेट लिए। जवाफि व्याटिङ गरेको मुम्बईले १८ ओभर पाँच बल खेल्दै जम्मा ८७ रन मात्र बनाउन सक्यो उसका लागि ओपनर सुर्यकुमार यादवले ३४ र कुनाल पाण्डेयको २४ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083