मध्यभोटेकोशीको शेयर सर्वसाधारणका लागि खुल्ला

4.69K
shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणधिन १ सय २ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि शेयर बिक्री खोलेको छ ।

एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सिमित शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । कम्पनीले पहिलो चरणमा एक सय अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि राखिएको आयोजनाको विज्ञप्तीमा उल्लेख छ । आज खोलिएको शेयर बिक्री आगामी मंसिर १४ सम्म कायम रहने छ । कम्पनीमा प्राधिकरणको दश प्रतिशत, चिलिमेको ३७ प्रतिशत सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको समान एकरएक प्रतिशत शेयर स्वामित्व रहेको छ ।

कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।