बैंकमा शेयर लगानी गर्नुभएको छ ? हेर्नुहोस ७ वटा बैंकको वित्तीय विवरण

वि.सं.२०७५ कात्तिक २८ बुधवार १३:४२
shares

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा बाणिज्य बैंकहरूले आकर्षक नाफा कमाएका छन् । राष्ट्र बैंकले तोकेबमोजिम चुक्तापूँजी पु-याएका यी बैंकहरूले तीन महिनामा गरेको नाफाका कारण प्रतिफल बढाउन बैंकहरू सक्षम देखिएका छन् ।
बैंकहरूको पहिलो त्रैमासको वित्तीय विवरण
पूँजी बृद्धिपछि बैंकले लगानी र प्रतिफल बढाउने चुनौती खेपिरहेका थिए । पछिल्लो ३ महिनाको वित्तीय विवरण विश्लेषण गर्दा बैंकहरूले यी दुबै पक्षमा उल्लेखनीय सुधार गरेको देखिएको छ । हालसम्म वित्तीय वितरण सार्वजनिक गरेका विभिन्न ७ वटा बाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्डको बाहेक अन्य बैंकको प्रतिशेयर आम्दानी समेत बढेको छ ।
वितरणयोग्य नाफामा सुधार हुँदा प्रतिफल र लाभांश दिनसक्ने बैंकहरूको क्षमता बलियो बन्छ । बैंकहरूले पछिल्लो पटक घोषणा गरेको लाभांशका कारण बोनस शेयरको प्रतिक्षामा रहेका लगानीकर्ताहरू केही निराश देखिएपनि पूँजी बृद्धि र लाभांशको सम्बन्धलार्इ हेर्दा यो उययुक्त रहेको पूँजीबजारका विश्लेषकहरू बताउँछन् ।
बैंकहरूको बेसरेट बढ्दा कर्जाको ब्याजदर भनेउ घट्न सकेको छैन । तरलता अभावका कारण कर्जा नै नपार्इने र पाए पनि चर्को ब्याजदर तिर्नुपर्ने कारण शेयरबजार लगायतका क्षेत्रको व्यवसायिक गतिविधी अपेक्षा गरेअनुसार गतिशील हुन सकेको छैन ।