धेरैपछि धितोपत्र बजारमा शेयरको मूल्य वृद्धि

5.43K
shares

काठमाडौँ । धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ६७ बिन्दुले बढेर एक हजार १७७ दशमलव ७७ बिन्दुमा पुगेको छ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापक सेन्सेटिभ परिसूचक १ दशमलव ३७ बिन्दुले बढेर २४९ दशमलव ९३ बिन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १४८ कम्पनीको नौ लाख १४ हजार २३९ कित्ता शेयर रु ३० करोड १९ लाख ८७ हजार ६१६ मा खरीद बिक्री भए। कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ। उत्पादन १२ दशमलव ७६ तथा अन्य शून्य दशमलव शून्य चार बिन्दुले घटेको छ।

यस्तै बैंकिङ ४ दशमलव ६४, होटल १७ दशमलव ६५, विकास बैंक ७ दशमलव ६४, जलविद्युत् ५ दशमलव ३७, वित्त १ दशमलव २, निर्जीवन बीमा ८२ दशमलव ८८, लघुवित्त ११ दशमलव ५३ र जीवन बीमा ९२ दशमलव ६९ बिन्दुले बढेको छ । हाथवे फाइनान्स कम्पनी, सिर्नजी पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, गुर्खाज फाइनान्स, समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक र पूर्णिमा विकास बैंकका लगानीकर्ताले कमाएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083